मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २० असोज । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्ञ्चनपुरका अनुसार बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा बेदकोट नगरपालिका–५ बस्ने २४ वर्षीय विक्रम बमको मृत्यु भएको हो ।

सोमवार मध्याह्न १२ बजे महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिदा बम गम्भीर घाइते भएका थिए । घाइते बमलाई उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति