मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, १५ असोज । काठमाडौँको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शंखमूलतर्फबाट थापाथलीतर्फ गइहेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोजबड स्कुल नजिकको पुलको रेलिङमा ठोक्किएको थियो । सोही ठाउँमा विपरीत दिशामा रहेको बा. प्र. ०२०६२ प ९६३१ नम्बरको स्कुटर समेत ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक रौतहट कटहरिया नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय चन्द्रमान दास तत्माको अस्पतालमा उपचारका क्रममा राति १:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय दिपेन्द्र दास घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यस्तै, स्कुटर चालक चितवन घर भई हाल काठमाडौँ सतुंगल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठ र स्कुटरमा पछाडि सवार सर्लाही घर भई हाल शंखमूल बस्ने २८ वर्षीय मोहन शाह पनि घाइते भएका छन्। उनीहरू दुवैको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको

काठमाडौँ, १५ असोज । काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य