काठमाडौँ, १२ असोज । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७० वर्षीय छित्नु साहलाई आइतबार दाहसंस्कारपछि लखन्देही सोतीमा नुहाउने क्रममा खोलाले बगाएको हो ।
आइतबार बिहान करिब ११:४५ बजे नुहाइरहेका बेला साहलाई खोलाको बहावले बगाएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन–तीन जना गरी ६ जनाको संयुक्त टोली परिचालन गरी साहको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।







