चोरीको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका वडा सदस्य विनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन् ।

उनीहरूलाई करिब एक महिनाअघि भएको चोरीको घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो ।

दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा घरधनी नभएको समयमा छत फोडेर तामाका भाँडाकुँडा चोरी भएको थियो । उक्त घटनामा संलग्न रहेको आशङ्कामा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६