काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ ।
आज बिहान साढे ६ बजेसम्म नारायणी नदीमा पानीको सतह करिब २ मिटर तल झरेको छ । जलमापन केन्द्र देवघाटले देखाएको ग्राफमा सोमबार बिहान साढे ६ बजे त्यहाँ पानीको बहाव ८ दशमलव ५३ मिटर मात्र रहेको छ ।
यो लेबल नारायणीमा खतराको तहभन्दा तल हो । देवघाटमा पानीको सतह ९ मिटर पुग्दा खतराको संकेत भन्ने बुझिन्छ । २४ घण्टाअघि आइतबार बिहान यसै समयमा यहाँ पानीको बहाव ११ दशमलव ९३ मिटरमाथि रहेको थियो ।






