कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको ढिकबाट खसेर आइतबार बेलुका मृत्यु भएको हो ।

यसैबिच बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो मानवीय क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate