पूर्व प्रधानन्यायाधीश जबरा प्रहरी कार्यालयबाट छुटे

काठमाडौँ, ११ असोज । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् ।

गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आज दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् ।

प्रहरीले उनलाई पक्राउ नगरेर सुरक्षाको लागि आफ्नो कार्यालयमा ल्याएको दावी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई कार्यालयबाट सुरक्षित स्थानमा लगेर छाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको