पहिरोसँगै खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु्

काठमाडौँ, १० असोज । पहिरोमा खसेको ढुंगा लागेर डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडागाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको हो ।

शुक्रबार राति करिब पौने १० बजे  ढुङ्गा लागेर घाइते उनी घाइते भएका थिए । त्यसपछि उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुङ्गा लागेर ३८ वर्षीय चन्द्ररूप केसी सामान्य घाइते भएका छन् । ढाडमा चोट लागेका उनी सामान्य उपचारपछि घर फर्केका छन् । घटनास्थल डोल्पा सदरमुकाम दुनैबाट चार घण्टा टाढा भएकाले मनरूपको मृत्युको खबर आज बिहान मात्रै थाहा भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा