लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ, १० असोज । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार लागुऔषध नियन्त्रण व्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित उनीहरूलाई शुक्रबार र आज पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ र राक्सीराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्तहरूबाट बाट नगद रु पाँच लाख ६० हजार ४००, मोटरसाइकल एक थान र छ थान मोबाइल पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।