सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कतारको दोहा हुँदै काठमाडौँ आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको छ ।

कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् । उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ ।

दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन