काठमाडौँ, ७ असोज । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने २६ वर्षीय आर्यन पुरी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मंगलबार पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेकोमा जेनजी आन्दोलनका बेला उनी फरार भएका थिए । काभ्रे मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेशीबाट पक्राउ उनलाई कैद भक्तानका लागि नख्खु कारागार पठाइएको छ ।






