‘अनलाइन गेम’ खेलाउने ४२ जना पक्राउ

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मंगलबार पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको छ । उनीहरूका साथबाट प्रहरीले २८ थान ल्यापटप र ७८ थान विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ ।

कहिलेदेखि खेल खेलाएको, कसरी खेलाएको र कति गेम खेलाइएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नेपालगन्जस्थित हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयले गत भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका १५२ मुद्दा दर्ता गरेका छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र आर्थिक अपराधका घटनासँग सम्बन्धित छन् ।

प्रहरीका अनुसार सात वटा जघन्य र ५१ वटा गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित मुद्दा छन् । त्यस्तै ९४ वटा सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा घटना दर्ता भएकामा त्यसमा संलग्न १५ जना पक्राउ परेको छ ।

त्यसैगरी, आर्थिक अपराधसम्बन्धी २६ वटा घटना दर्ता भएका थिए । अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादी पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले