स्थानीय तहबाटै खेलाडीको प्रतिभा पहिचान र विकास गर्नुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको प्रतिभा पहिचान र विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।

हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालयको आयोजनामा सम्पन्न ‘नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता’मा सहभागी खेलाडीहरूलाई शुभकामना दिँदै मुख्यमन्त्री थापाले खेलकुदले अनुशासन, स्वस्थ शरीर र सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो।

मुख्यमन्त्री थापाले तल्लो तहदेखि नै खेलाडीको पहिचान, क्षमता विकास र प्रोत्साहनका लागि स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। यस्ता प्रतियोगिताले बालबालिका तथा युवामा खेलप्रति रुचि बढाउनुका साथै प्रतिभावान खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “खेलाडी राष्ट्रका गौरव र गहना हुन्। स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।”

मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकार खेलकुद क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो। खेलकुदको विकासका लागि स्थानीय तह, प्रदेश सरकार, खेल संघ–संस्था, प्रशिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

हेटौंडा–४ वडा कार्यालयले स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा विभिन्न तौल समूहमा महिला तथा पुरुष खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो।  

मुख्यमन्त्री थापाले प्रतियोगितामा उत्साहपूर्वक सहभागी सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलभावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो। उहाँले प्रतियोगिता आयोजना गरी खेलकुद प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालय, प्रशिक्षक, आयोजक टोली तथा सम्बन्धित सबैलाई धन्यवादसमेत व्यक्त गर्नुभयो।

स्थानीय तहमा हुने यस्ता प्रतियोगिताबाट खेलाडीको आधार तयार हुने र उनीहरूलाई माथिल्लो तहका प्रतियोगिताका लागि तयार गर्न सहज हुने आयोजकको विश्वास छ। प्रतियोगिताको उद्देश्य स्थानीयस्तरमा खेलाडीको प्रतिभा पहिचान गरी जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि