अर्जुनचौपारी गाउँपालिकामा आज सार्वजनिक बिदा

काठमाडौँ, ३० भदौ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै आज गाउँपालिकाभर सार्वजनिक बिदा दिने जनाएको हो । नेपालीहरूको आस्थाको धरोहरका रूपमा रहेको नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।

आज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for