मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौँ, २८ भदौ । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१० बरीपाटीकी ५५ वर्षीया आशा बुढा रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, गएराति ११ः४५ बजे लेकबेसी नगरपालिका-१० झुप्रा स्थित लेकबेशीबाट भुतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकल लकबेशी १० का १७ वर्षीया मनोज आचार्यले चलाएका थिए। बुढालाई ठक्कर दिएपछि घाइते भएकी उनलाई उपचारको लागि माया नर्सिङ होम अस्पतालमा ल्याइयो ।

त्यहाँ सम्भव नभएपछि प्रदेश अस्पताल हुँदै नेपालगंज नरसिंह होम लगिएको थियो । बिहान ७ः२० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सानीभेरी गाउँपालिका-६ को देउता

काठमाडौँ, २८ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ

काठमाडौँ, २८ भदौ । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन्

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ