मोटरसाइकलको ठक्करबाट पैदलयात्रु घाइते

काठमाडौँ, २८ भदौ । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन् ।

ठक्कर दिने मोटरसाइकलका चालक पनि घाइते भएको प्रहरीले जनाएको छ । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका नाम थर वतन नखुलेका ५०–५५ वर्षका पुरुषलाई ठक्कर दिँदा सख्त घाइते भएका छन् ।

मोटरसाइकल चालक महाभारत-६ घर भई हाल बनेपा-४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन् । दुवैको  शीरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पैदल यात्रुको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका छन् । मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ तर उनी बोल्न सक्ने अवस्थामै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्