जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, २७ भदौ । सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । जिल्ला प्रहरी कार्यालय दैलेखले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३०

काठमाडौँ, २७ भदौ । बागलुङको बुर्तिबाङबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१

काठमाडौँ, २७ भदौ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ