केरुङ बाढीमा चीनतर्फ ३१ जनाको मृत्यु

काठमाडौँ, २० भदौ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ ।

कमाण्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान भेट्टाएको बताएका छन् ।

बुधबारसम्म जी–२१६ उद्धार मार्गमा निरीक्षण गर्दा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान भएका केन्द्रका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले प्रभावित तीन गाउँका सम्भावित जोखिमहरूको निरीक्षण र जोखिम मूल्याङ्कन पनि पूरा गरेका छन् भने यसका लागि दुई अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान चयन गरेका छन् ।

उनीहरूले त्यहाँका लागि आपतकालीन आपूर्ति सेवा व्यवस्थापनका लागि मार्गदर्शनसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, २० भदौ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ

काठमाडौँ, २० भदौ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा