नेपाली पर्वहरु हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक हून्: प्रचण्ड

काठमाडौँ, १९ भदौ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्व हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक भएको बताएका छन् । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले हामी सबैलाई कर्तव्य पथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरे । 

उनले भनेका छन्, ‘सुदूरपश्चिमको मौलिक पहिचान, संस्कृति र सभ्यताको जीवन्त प्रतीक गौरा पर्व तथा कृष्ण जन्माष्टमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गौरा हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक हो। यस अमूल्य सम्पदाको संरक्षण र पुस्तान्तरण गर्दै सुदूरपश्चिमको समृद्धि, विकास र स्वाभिमानको यात्रामा एकताबद्ध भएर अघि बढौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,