उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आग्रह

काठमाडौँ, १८ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका कार्य मानव अधिकारमैत्री ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरिएको जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा हुने उद्धार, राहत, उपचार र पुनःस्थापनाका कार्यमा निजी क्षेत्रसँगसमेत सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ। विपद्को यस असहज परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणसँग सम्बन्धित गतिविधिमा सरकारलाई सहयोग गर्न, मानवीय सहायताका कार्यमा सक्रिय हुन तथा प्रभावित परिवारको पीडामाथि सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी नगर्न आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५

धनगढी, १८ भदौ । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान

काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला

काठमाडौँ, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ