वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा वडा सदस्य पक्राउ

काठमाडौँ, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार दिउँसो १ बजे चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्याप्ने कार्यमा संलग्न रहेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका थापा मगर सोही वडाका वडा सदस्य समेत हुन् । उनलाई १७ भदौमा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १७ भदौ । आज सेयर बजार १५.४४ अंक बढेको छ । अघिल्लो दिन ९.२४ अंक बढेको थियो । आजको वृद्धिपछि

काठमाडौँ, १७ भदौ । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितलाई पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री राहत सामग्री नेपाल आइपुगेको

काठमाडौँ, १७ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने