काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।
आज बिहान ८:०० बजेसम्मको तथ्याङ्क अनुसार बाढीमा परेका १ हजार १२७ शव फेला परेकाे छ । फेला परेका शवहरूमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन् ।
यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गहरू समेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ । ९११ जनाको पहिचान अझै खुल्न सकेको छैन ।
प्रहरीको तथ्याङ्क अनुसार कुल ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् ।






