ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीया सञ्चमाया तामाङ छिन् ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट कुल १० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । उनलाई गत भदौ ११ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, १६ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद्

काठमाडौँ, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा भएको छ । प्रहरीका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ

काठमाडौँ, १६ भदौ । मुस्ताङको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । छिटो पाक्ने स्याउ टिप्ने