ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीया सञ्चमाया तामाङ छिन् ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै उनले लामो समयसम्म झुक्यानमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा तामाङले तीन जना पीडितबाट कुल १० लाख रुपैयाँ ठगी गरेको खुलेको छ । उनलाई गत भदौ ११ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ पासिकोटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम

काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि

काठमाडौँ, ८ कार्तिक । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ