जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भएको थियो । इन्जिन फेल भएर बग्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटना भएको डुङ्गामा १६ जना सवार रहेको बताइएको छ । तर, १२ जनाले टिकट काटेको खुलेको छ ।

प्रहरीका अनुसार ५ जना सकुशल घर फर्किसकेका छन् । १ जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ । डुङ्गा चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी