काठमाडौँ, १४ भदौ । रास्वपा सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ ।
रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री किरण थापाले विपद्पछिको अवस्थामा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन् । यसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको जानकारी गराएका छन् ।
प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएकोमा उनले दुःख व्यक्त गरे । तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको भन्दै उनले प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको बताएका छन् ।





