काठमाडौँ, १० भदौ । भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा गरी ५५ जनाको शव फेला पारेको हो । प्रहरीका अनुसार चितवनमा १८, धादिङमा १६, नुवाकोटमा ११, गोरखामा ९ र रसुवामा १ जनाको शव भेटिएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ४४ जना सैनिक अधिकारी सम्पर्कविहीन छन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।
त्यस्तै ११४ जनाको उद्धार भएको छ ।






