कुनै दलको होइन, नेपालको झन्डा बोकेर उद्धारमा जुटौँ : सभापति लामिछाने

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक दलहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन आह्वान गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिले राजनीति गर्ने नभई मानवीय सेवामा समर्पित हुने समय भएको बताए ।

सभापति लामिछानेले राहत र उद्धार कार्यमा पोख्त तथा अनुभव भएका सबै राजनीतिक दलका विशेषज्ञहरूलाई एकै स्थानमा ल्याएर एकीकृत रूपमा परिचालन गर्न सरकार र दलहरूलाई आग्रह गरे । उनले भने, ‘हामीसँग भएका सबैभन्दा राम्रा हातहरू र दिमागहरूलाई एक ठाउँमा ल्याऔँ। अहिले कुनै दलको झन्डा बोकेर हिँड्ने बेला होइन, नेपालको झन्डा बोकेर एकजुट भई अगाडि बढ्ने बेला हो।’ ‘यो सङ्कटको घडीमा हामी सबै एउटै टिम हौँ । समन्वयकारी जिम्मेवारी लिन र सरकारलाई सघाउन हामी चौबीसै घण्टा तयार छौँ,’ ।

उनले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र पीडितसम्म राहत पुर्‍याउन सबै संयन्त्रलाई सामूहिक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम

काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि

काठमाडौँ, ८ कार्तिक । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ