खोलाले बगाएर एक जनाको मृत्यु

काठमाडौँ, ९ भदौ । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक जनाको मृत्यु भएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२ वर्षीय देउरुप डाँगीलाई सल्यानको बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले बगाएको हो ।

सोमबार बेलुका सल्यानबाट घर फर्कने क्रममा डाँगीलाई खोलाले बगाएको गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वली (विपिन)ले जानकारी दिए । मृतक डाँगीको शव करिब तीन/चार सय मिटर तल फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बैंकका विभिन्न रिक्त पदहरूमा करार सेवामार्फत पदपूर्तिका

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ