काठमाडौँ, ९ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज नबस्ने भएको छ । आज दिउँसो १ बजे बैठक बस्ने गरी यसअघि समय निर्धारण गरिएको थियो ।
सूचना टाँस गरी संसद् सचिवालयले ‘विशेष कारण’ आज बैठक बस्न नसक्ने जानकारी गराएको छ । बैठक अब बुधबार (भदौ १०) दिउँसो १ बजे बस्ने गरी तोकिएको छ ।





