जबरजस्ती करणीका फरार अभियुक्त ओमनबाट पक्राउ

काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसका आधारमा ओमनबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार झापाको बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशीलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।

उनीमाथि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ प्रक्रिया अघि बढाउन नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाले अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

एनसीबी काठमाडौँ र एनसीबी मस्कट, ओमनको संयुक्त पहलमा राजवंशीलाई ओमनमा पक्राउ गरिएको हो । ओमनमा पक्राउ परेका उनलाई एनसीबी काठमाडौँबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजको विमानमार्फत नेपाल ल्याएको छ ।

शनिबार बेलुका नेपाल आइपुगेलगत्तै उनलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका राजवंशीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

काठमाडौँ, ८ भदौ । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।