राष्ट्रियतामाथि संकटको चिन्ता बढ्यो : बादल

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् ।

आज  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बालेन्द्र सरकारको छाटो शासनकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमाथि गम्भीर प्रश्न खडा भएको बताए ।

अगाडि भनेका छन्, ‘रास्वपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउनसक्ने चिन्ता बढाएको छ ।’

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण हुनुभन्दा ठीक एक दिन पहिले प्रधानमन्त्री बालेनको संसद्मा आकस्मिक आगमन भएको उनले बताए । अनि त्यस दिन सदनमा अस्वभाविक रुपमा प्रधानमन्त्रीले राष्ट्र विरोधी अभिव्यक्ति दिएको टिप्पणी गरे ।

१७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री बालेन शाहले सांसदहरूका प्रश्न लिएर जवाफ दिएका थिए । त्यसक्रममा उनले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

एकातिर यस्तो अभिव्यक्तिको लागि प्रधानमन्त्री तयार नभएको र अर्कोतिर भारतमा रास्वपा सभापति लामिछानेले भव्य स्वागत पाएको भनेर उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for