बिजुलीकाे महसुल घटाउने ऊर्जा मन्त्रालयकाे तयारी

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा १३ साउनमा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरेको नेपाल विद्युत प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता र वित्त विज्ञहरू सदस्य छन् । अपराह्न चार बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको पैसा घटाउने उपायबारे छलफल हुनेछ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित विद्युत् बढी भइ खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको बताए ।

वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको भन्दै उनले सिजनल ट्यारिफ’ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने बताए । सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार उद्योगहरूलाई पनि सहुलियत दिने तयारी छ । उद्योगलाई वर्षायामको बिजुली सस्तो बनाउँदा उनीहरूले उत्पादन गर्ने सामानहरू उपभोक्तालाई कति सस्तोमा दिन सक्छ भनेर समन्वय पनि भइरहेको छ ।

`सिजनल ट्यारिफ गर्दा पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ,´ सञ्चालक समिति सदस्य शाहीले भने, `वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छ भनेर पनि छलफल भएको छ । हामी छिटै निर्णय गर्छौं ।´ सरकारले बिजुलीको कर बढाएको भनेर आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालय उपभोक्तालाई सहुलियत दिने उपाय खोजिरहेको छ । समिति बनाएर गृहकार्यमा लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ ले दर्शकका लागि स्कुटर उपहार अफर ल्याएकाे

काठमाडौँ, २९ साउन । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको

काठमाडौँ, २८ साउन । फिल्म ‘गौँथली’ले आज १२ बजेसम्म २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको

काठमाडौँ, २६ साउन । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार