नेप्से परिसूचकमा आज सामान्य गिरावट

​काठमाडौँ, ३ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ ।

​आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२ कित्ता सेयरकिनबेच भएका छन् । 

यसबाट कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा ११० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १५० वटाको घटेको छ। १८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा आज साहस ऊर्जा लिमिटेड अग्रस्थानमा रहेको छ । जसको १७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयरकारोबार भएको छ। त्यसैगरी सोलु हाइड्रोको १६ करोड ८८ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल लिमिटेडको १५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदाै । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर

काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको

काठमाडौँ, १९ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका