बागमती प्रदेश सरकार निर्माणमा समर्थन दिइएको छैन : राजेन्द्र लिङ्देन

काठमाडौँ, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् ।

आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लिङ्देनले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाको समर्थन रहेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् ।

उनले भनेका छन्, “वागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन। मुख्य मन्त्रीका लागि नेकपा एमालेका किरण थापाको समर्थनमा बुझाइएको पत्र पार्टी निर्णय विपरित हो। उक्त विषय हामीले प्रदेश प्रमुख समक्ष जानकारी गराइसकेकाछौँ। पार्टीको निर्णय विपरित क्रियाकलापमा संलग्नहरुलाई अनुशासनको कारबाही प्रक्रिया प्रारम्भ भइसकेको छ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि