खोलाले बगाएर बेपत्ता बालिका मृत फेला

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ ।

निर्मल माविबाट पढेर फर्किने क्रमममा मंगलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो भने एकजना मृत फेला परेकी थिइन् । दुईजना बेपत्ता थिए ।

बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृत फेला परेकी हुन् । कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन् । उनको खोजी जारी छ । खोलाले बगाएका चार विद्यार्थीमध्ये मंगलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २) मृत फेला परेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६) लाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि