सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौँ, १ भदौ । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले रुलिङ गरेका हुन् । प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखले प्रधनमन्त्रीलाई रुलिङ गरेका हुन् ।

उनले भने, ‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ’ ।

त्यसपछि यो विषयमा रुलिङ गरेका हुन् । ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’

फेरि पनि सभामा विपक्षी दलका सांसदहरू नबसेपछि सभामुखले सदन अगाडि बढाउन आग्रह गरे । ‘माननीय सदस्यहरूले माग गरे बमोजिम मैले सरकार, प्रधानमन्त्रीको नाममा रुलिङ गरिसकेको छु । त्यसकारण माननीय सदस्यहरूले बसेर सभा सञ्चालनका लागि सहयोग गरौं ।’ अनि विपक्षी दलका सांसदहरू बसे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । बर्दियामा आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

काठमाडौँ, १ भदौ । महोत्तरी र नवलपरासी पश्चिममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १ भदौ । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् । कारबाहीमा