जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, १ भदौ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा सवार ताराबहादुर माझी भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनामा माझीका बुबा कलबबहादुर माझीको मृत्यु भएको छ भने अर्का एक जना मृतकको पहिचान हुन बाँकी छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबाहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको