ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, १ भदौ । कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

अज बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरीले चलाएको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने ६२ वर्षीया सावित्री देवी सापकोटाले चलाएको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको दोदोधरा अस्पताल प्रा.लि., मुडागाउँमा बिहान ८:४० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि ट्रक, ईभी स्कुटर र ट्रक चालक दिनेश गिरी इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको