काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१ बस्ने २३ वर्षीया पुनिताकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो ।
भिनाजु सन्देश महतोको घर जनकपुर उपमहानगरपालिका–१८ तेतरिया आएका बेला आज बिहान ११ बजेतिर पानीको मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । चिकित्सकहरूले जाँचका क्रममा मध्यान्ह १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव अहिले अस्पतालमै राखिएको छ ।






