अरौंदी खोलाले बगाएका युवक मृत फेला

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका छन् ।

प्रहरीका अनुसार पुतलीबजार नगरपालिका-३ बाडखोलाका मगरलाई पुतलीखेतबाट स्याङ्जा बजारतर्फ मोटरसाइकलमा आउने क्रममा अरौंदी खोलाको कजवे तर्ने प्रयास गर्दा खोलाले मोटरसाइकलसहित बगाएको थियो । उनकपो ग११प८१८३ नम्बरको मोटरसाइकल भने शुक्रबार घटनास्थलमै फेला परेको थियो ।

खोजी गर्ने क्रममा मगरलाई पुतलीबजार नगरपालिका-१३ गैरीजाँगरस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको हो ।

मगरको शव खोलाबाट बाहिर निकालेर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र