बाढीले बगाउँदा एक जनाको मृत्यु

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको बाढीले बगाएर ५५ वर्षीय कृष्णबहादुर झेंडी मगरको ज्यान गएको हो । 

बिहीबार राति घरनजिकै रहेको खोल्सामा काठको मुडा हटाउन गएका मगर लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजी गर्ने क्रममा उनलाई हुप्सेकोट ४ स्थित गिरुवारी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको बाढीले बगाएर ५५ वर्षीय कृष्णबहादुर झेंडी मगरको ज्यान गएको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका