मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौँ, २६ साउन । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ ।

प्रहरीका अनुसार पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण आज अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

मोटरसाइकलको पछाडि सवार १६ वर्षका अनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक म्याग्दीको धौलागिरी २ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन् । उनको मणिपाल अस्पतालमै उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ