बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

काठमाडौँ, २५ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख २७२८ नम्बरको बसले नामथर नखुलेका अन्दाजी ३०/३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । बस चालक धादिङको नीलकण्ठ नगरपालिका १४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २५ साउन । पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने

काठमाडौँ, २५ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको