रुख ढलेर स्कुटरमा सवार दुई जना घाइते

काठमाडौँ, १८ साउन । काठमाडौँको भद्रकालीमा रुख ढल्दा स्कुटरमा सवार आमाछोरा घाइते भएका छन् ।

प्रहरीका अनुसार भद्रकाली मन्दिरबाट सेनाको पेट्रोल पम्पतर्फ रुख ढल्दा दुई जना घाइते भएका हुन् । बागमती प्रदेश–३५९० नम्बरको स्कुटरमा सवार रौतहट घर भएर सानेपा बस्ने ४७ वर्षीय राजेश प्रसाद यादव र ६९ वर्षीया गायत्रीदेवी यादव घाइते हो ।

उनीहरू आमा–छोरा हुन् । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। राजेश यादवको टाउको र ढाडमा चोट लागेको छ । गायत्रीदेवीको घुँडा र दाहिने हातमा चाट लागेको र अवस्था सामान्य रहेको छ ।

सेना र प्रहरीका सुरक्षाकर्मीले रुख हटाएर बाटो सुचारु गराएका छन्। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ