११ केजी गाँजासहित ३ भारतीय पक्राउ

काठमाडौँ, १७ साउन । प्रहरीले थाइल्यान्डबाट ल्याएको गाँजासहित ३ जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण व्यूरोका अनुसार साउन १६ मा राति क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौँ ओर्लिएका २ जनाको साथबाट ११ केजी गाँजा बरामद गरिएको हो । 

गाँजा रिसिभ गर्न पुगेका एकजना भारतीयसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पन्जाब घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह र हरियाणा घर भएका २२ वर्षीय साहिल छन् । आरोपीहरूले थाइल्यान्ड हुँदै हङकङ हुँदै गाँजा ल्याएका हुन् । आरोपीहरूमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।