फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

काठमाडौँ, १७ साउन । गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नं. ११ थाकलटार बस्ने ४५ वर्षीय आईतसिंह लामा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उनकै घर नजिकैबाट पक्राउ गरेको हो ।

लामा एक सिंगे गैँडा मारी वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई अदालतले १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी सोही सजाय काट्ने क्रममा भरतपुर कारागारमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । आजको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको