मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

काठमाडौँ, १६ साउन । भेरी करिडोर सडकखण्डअन्तर्गत रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा डोल्पाका एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१३ घेत्मामा शुक्रबार दिउँसो करिब ३ बजे डोल्पा देखि सुर्खेत जाँदै गरेको बा५९प ५३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा डोल्पाको मुड्केचुला गाउँपालिका -०८ का अन्दाजी ४४ वर्षीय हुमलाल रोकाय घाइते भएको हो ।

प्रहरीका अनुसार घेत्मा पुल नजिकबाट करिब २० मिटर तल खोलामा मोटरसाइकल खसेर दुर्घटनामा हुँदा रोकायाको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घाइतेलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी