आजको मौसम

काठमाडौँ, १५ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी