श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक युवकलाई पक्राउ गरिएको छ ।

जिल्ला सर्लाही, धनकौल गाउँपालिका–१ शेखौना बस्ने २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८:०० बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए । घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पुर्‍याएको थियो । सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पुनः थप उपचारको लागि राति १०:३० बजे रौतहटको बेटर नेपाल, गरुडामा लगेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको

काठमाडौँ, १५ असोज । काठमाडौँको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते