गालीगलौज र सास्ती दिने तीन जना पक्राउ

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन ९ गते दिउँसो काठमाडौँ महानगरपालिका-१२ टेकुमा सर्वसाधारण तथा महिलाहरूलाई गालीगलौज र धाकधम्की दिने कार्य भइरहेको सूचना प्रहरीले पाएको थियो। आवतजावत र सवारी आवागमनमा समेत बाधा अवरोध पुर्‍याएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरूले प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका-८ घर भई भक्तपुरको चाँगुनारायण-९ बस्ने ४२ वर्षीय आशिष मोक्तानलाई पक्राउ गरेको हो । यसैगरी काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-६ घर भई काठमाडौँको गोकर्णेश्वर-६ बस्ने ४१ वर्षीय लोकमान मोक्तान र ४४ वर्षीय मोहन सिंह मोक्तान रहेका छन् ।

नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार